भूकम्प पीडितलाई फेसबुकले जुटायो १ अर्ब

सामाजिक सञ्जाल फेसबुकले नेपालका भूकम्प पीडितका लागि दुई दिनमै एक अर्ब रुपैयाँ संकलन गरेको छ ।
‘नेपाल अर्थक्वेक सर्पोट’ नामक पेज बनाएर आर्थिक संकलन अभियान थालेको फेसबुकले दुई दिनमा एक करोड अमेरिकी डलर अर्थात एक अर्ब रुपैयाँ संकलन गरेको छ ।
अभियानबाट संकलित रकमसहित फेसबुक आफैले पनि नेपालका भूकम्प पीडितहरुका लाग २० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो आह्वानपछि दुई दिन भित्रै पाँच लाखभन्दा धेरैले एक करोड डलर सहयोग प्रदान गरेको उल्लेख गरेका छन् । आफ्नो फेसबुक पोस्टमा संकलित रकमबारे जानकारी दिँदै उनले भनेका छन-‘नेपालीहरुलाई दुःख परेका बेला हाम्रो फेसबुक समुदायले जसरी एकजुट भएर रकम संकलन अभियान चलायो, यो निकै उत्साहप्रद छ ।’संकलित रकम इन्टरनेसनल मेडिकल कर्पमार्फत गैरनाफामुलक संस्थालाई उपलब्ध गराउने जुकरबर्गले उल्लेख गरेका छन् । उनले सहयोगकर्ता सबैलाई धन्यवाद दिँदै सहयोग जारी राख्न आग्रह गरेका छन् ।
नेपालका भूकम्पपिडीतका लागि फेसबुकले सञ्चालन गरेको ‘सेफ्टी चेक’ बाट ७० लाख भन्दा बढी व्यक्ति सुरक्षित रहेको देखिएको थियो ।
नेपालमा भूकम्प गएपछि फेसबुकले फेसबुक प्रयोग कर्ता सुरक्षित रहेनरहेको जानकारी गराउन ‘सेफ्टी चेक’ नामक अप्सन आफ्नो पेजमा राखेको थियो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.