असोज ३ देखि पोखरामा महिला आमन्त्रण फुटबल

पर्यटकीय नगरी पोखरामा ‘नेपाल कप महिला आमन्त्रण फुटवल प्रतियोगिता-२०७२’ हुने भएको छ । स्पोर्टस् फर अल क्लव नेपालको आयोजनामा आउँदो असोज ३ गतेदेखी १० गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता आयोजना हुने संस्थाले आइतवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतियोगितामा विभागीय ३ टिम र भारतीय २ टिम सहित ११ टिमको सहभागिता रहने संस्थाका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिए । उनका अनुसार विभागीय नेपाल पुलिस क्लव, नेपाल आर्मी र सशस्त्र प्रहरी वल, भारतको जिटिए दार्जिलिङ र विहार महिला टिमले सहभागिता जनाउँदै छन् ।
त्यसैगरी काठमाडौं, मोरङ, सुनसरी, चन्द्रनिगाहपुर, सुदुरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, नेपाल खेलकुद क्लव महिला टिम र आयोजक कास्की जिल्ला महिला टिमले सहभागिता जनाउने उनले बताए ।
प्रतियोगिताको उदघाटनमा असोज ३ गते काठमाडौं महिला टिम र आयोजक कास्की जिल्ला महिला टिमले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक राधा गुरुङले बताइन् ।
प्रतियोगिता सञ्चालन गर्न करीब २० लाख लाग्ने अनुमान गरिएको अध्यक्ष शाहीले बताए । उनले खेलकुदको माध्यमबाट पर्यटन र विकासमा सघाउ पुग्ने विश्वास पनि व्यक्त गरे ।

Post a Comment

Thanks.

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Post a Comment

ARENA NEWS

NEWS AND SPORTS

Contact Form

Name

Email *

Message *

Powered by Blogger.