यू-१९ क्रिकेट टोलीलाई क्यानले नगदसहित सम्मान गर्ने

मंगसिर ८।  नेपाल क्रिकेट संघ क्यानले एसीसी यू-१९ विश्वकप छनोटको विजेता टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ ।
क्यानको आइतबार सम्पन्न बैठकले टोलीका प्रत्येक सदस्यलाई जनही ५० हजार दिने निर्णय गरेको हो । साथै प्रशिक्षक जगत टमाटालाई दुई महिनाको विशेष सुविधा गरी ५० हजार नै दिने निर्णय गरेको छ ।
केही समयअघि मलेसियामा भएको यू-१९ विश्वकप छनोटमा आयरल्याण्डलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो ।
क्यानले अर्को वर्ष बंगलादेशमा हुने यू-१९ विश्वकपलाई लक्षित गरी डवल राउण्ड रोविन लिग म्याच गराउने भएको छ ।
विश्वकप छनोट खेलका १४ र वैकल्पिक चारसहित १८ खेलाडी र प्रत्येक क्षेत्रबाट उत्कृष्ट खेलाडीहरु समावेश गरी ३ टीम बनाइने उसले बताएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.