नेपाल फुटसलको विजयी सुरुआत

कार्तिक १६  । नेपाल फुटसलले नवौं सुजन स्मृति सिक्स ए साइड फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।
नयाँ बजारस्थित सोसियल ग्राउन्डमा भएको खेलमा नेपाल फुटसलले फ्रिडम फाइटर ‘सी’ लाई २–० गोलले पराजित गर्‍यो । नेपाल फुटसलको जितमा निरोज खत्री र सुदीप थापाले १–१ गोल गरे ।
style="text-align: justify;">समाज कल्याण खेलकुद केन्द्र क्लबद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा आकाश भैरव, एनवाइसी र पीवाइसीले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् । तीनै टोली टाइब्रेकरमा विजयी भए ।
आकाश भैरवले डिफेन्डिङ च्याम्पियन नयाँ बजार टाउन प्लानिङ सामाजिक संघलाई ३–२, एनवाइसीले मंगोलियन गाइजलाई ३–२ तथा पीवाइसीले कुमारी युथ क्लबलाई २–० गोलले पाखा लगाए ।
प्रतियोगिताको गीताञ्जली इङलिस बोर्डिङ हाइयर सेकेन्डरी स्कुलका प्रिन्सिपल माधव केसीले एक कार्यक्रमबीच उद्घाटन गरे ।
कार्तिक २४ गतेसम्म चल्ने नकआउट प्रतियोगितामा ३४ टिमको सहभागिता रहेको आयोजकका महासचिव सरोज महर्जनले जनाएका छन् ।
पहिलो हुने टिमले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार हात पार्नेछन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.