मंगसिर ४। चौथो मनास्लु ट्रेल रेस आज सकिएको छ । मनास्लु क्षेत्रलाई प्रबर्द्धन गर्ने उद्देश्यले बेलायती नागरिक रिचर्ड बुलको सहयोगमा गत कार्तिक २४ गते गोरखाको सोतीखोलाबाट शुरु भएको रेस आज मनाङको धारापानी पुगेर सकिएको हो ।
रेसमा नेपाली धावक दिपेन्द्र बहादुर बम विजेता भए । ८ दिन लगातार चल्ने रेस गोरखाको आरुघाट,माछा खोला, जगत, ड्याङ, लोगाउँ, सामागाउँ, साम्दो, लार्केपास, मनाङको भीमताङ हुँंदै मनाङको धारापानी गएर टुंगिएको हो ।
कुल २११ किलोमिटरको दौडमा २१ जना विदेशी र ४ जना नेपाली धावकहरुले सहभागिता जनाएका थिए ।
Post a Comment
Thanks.