१२औं साग: नेपालको पदक संख्या २० पुग्यो

माघ २६ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको पदकको संख्या २० पुगेको छ ।

१३ वर्षीया पौडी खेलाडी गौरिका सिंहले जारी १२औं सागमा मंगलबार तेस्रो कास्य पदक जितेसँगै नेपालको पदकको संख्या २० पुगेको हो ।

सोफिया शाहको राष्ट्रिय कीर्तिमान भंग गर्दै गौरिकाले चार सय मिटर फ्रिस्टाइल पाँच मिनेट ९७ दशमलव नौ एक सेकेन्डमापूरा गरिन् ।

गौरिकाले यसअघि १ सय र दुई सय मिटर ब्याकस्ट्रोकमा पनि राष्ट्रिय कीर्तिमानसहित कास्य जितेकी थिइन् ।

त्यस्तै, नेपालको पुरुष र महिला दुबै खोखो टिमले मंगलबार कास्य पदक जितेको छ ।

मंगलबारै प्रेमप्रसाद पुनले आर्चरीमा कास्य पदक जितेका छन् ।

आर्चरीमा यसअघि नेपालले समूहबाहेक व्यक्तिगत पदक जितेको थिएन । तेस्रो स्थानको लागि भएको खेलमा उनले श्रीलंकाका खेलाडीलाई ३–० ले पराजित गरेका हुन् ।

त्यस्तै, मंगलबारै उसुमा विश्व बुढा मगरले रजत जितेका छन् । योसँगै उसुमा नेपालले १ स्वर्ण र ४ रजत गरी ५ पदक जितेको छ ।

मंगलबारै भारोत्तोलनकी तारादेवी पुनले कास्य जितेकी छन् । तारादेवीले भारोत्तोलनको ७५ केजी तौल समूहमा कास्य जितेकी हुन् ।
Labels:

Post a Comment

Thanks.

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Post a Comment

ARENA NEWS

NEWS AND SPORTS

Contact Form

Name

Email *

Message *

Powered by Blogger.