सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वी शहरमा जमघट सुरु

पुस ६ । पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चहल पहल बढेको छ । यही शुक्रबारदेखि सुरु हुने प्रतियोगिताका लागि खेलाडी, खेल पदाधिकारी, प्रशिक्षक तथा दर्शक पूर्वी नेपालका शहरमा पुग्न थालेका छन् ।


प्रतियोगिता उद्घाटनस्थल विराटनगर, समापनस्थल धरानसँगै अन्य शहरहरु ईटहरी, ईनरुवा, दमकलगायतका ठाउँमा प्रतियोगिताको तयारी सम्पन्न भएको छ ।
शुक्रबार विराटनगरको शहिद रंगशालामा भव्य उद्घाटन समारोहको तयारी गरिएको छ । सातौ राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलसहित कुल ३५ खेल समावेश छ । रग्वी, डान्स स्पोर्ट्स, साम्वो, रक क्लाइम्विङ र दोहोरीलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ ।
यस्तै गल्फ, आर्चरी, फेन्सिङ र स्नुकरका विजेताले पदक प्राप्त गर्ने छैनन् । सातौंमा २९ सय ७१ खेलाडीले एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
खेलाडीहरुले २ सय ९४ स्वर्ण र समान २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकको लागि एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्रका तीन विभागीय टोली र पाँच विकास क्षेत्रले सहभागिता जनाउने छन् ।
सातौ राष्ट्रिय खेलकुदका सबैभन्दा बढी खेल सुनसरीमा हुनेछन् । सुनसरीमा ११ खेल हुनेछन् भने मोरङमा १०, झापामा पाँच, सिरहा, धनकुटा, ललितपुर र कास्कीमा एक–एक खेल हुनेछ ।
प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदले ११ करोडको बजेट माग गरे पनि अर्थ मन्त्रालयले भने ८ करोड मात्रै निकासा दिएको छ ।
Labels: ,

Post a Comment

Thanks.

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Post a Comment

ARENA NEWS

NEWS AND SPORTS

Contact Form

Name

Email *

Message *

Powered by Blogger.