न्यू होराइजन र एसपीए रुस्लान कप क्रिकेटको क्वार्टरफाइनलमा

माघ २  । न्यू होराइजन क्रिकेट क्लब राजधानीमा जारी रुस्लान कप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।


कुलेश्वर क्रिकेट क्लबलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै न्यू होराइजनले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
शनिबार कीर्तिपुर मैदानमा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा न्यू होराइजनले शंकर रानाको शतकको मद्दतले १९९ रन बनायो ।
शंकरले ७१ बलमा १४ चौका र ४ छक्काको मद्दतले अविजित रहँदै ११५ रन बनाए ।
जवाफमा २०० रनको विशाल लक्ष्य पछ्याएको कुलेश्वर क्रिकेट क्लबले निर्धारित् २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८६ रन जोड्न सक्यो ।
न्यू होराइजनले क्वार्टरफाइनलमा नेपाली राइनोजको सामना गर्नेछ ।
प्रतियोगिताअन्तर्गत् शनिबारै भएको अर्को खेलमा वीरगन्जको अनुभूति एजुकेसन फाउन्डेसनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम एकेडेमी (एसपीए) क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।
खेलमा अनुभूतिले प्रस्तुत् गरेको १०३ रनको विजयी लक्ष्य पछ्याएको एसपीएले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।
एसपीएलाई विजयी गराउन राजवीर सिंहले अविजित ३३ रनको योगदान गर्दा रोमन बमले २१ रन जोडे ।
एसपीएले क्वार्टरफाइनलमा आइतबार (भोलि) आयोजक रुस्लान केसीटीसीको सामना गर्ने छ ।

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले क्लब भने यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

Post a Comment

Thanks.

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Post a Comment

ARENA NEWS

NEWS AND SPORTS

Contact Form

Name

Email *

Message *

Powered by Blogger.