त्रिवेणी कप सामनाले जित्यो

पुस २० । लमजुङ सदरमुकाम बेसीसहरमा बुधबार सम्पन्न २५औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको उपाधि तनहुँको तुरतुरेस्थित सामना युवा क्लबले हात पारेको छ ।

बेसीसहरको सहजी रंगशालामा भएको फाइनलमा आयोजक त्रिवेणी युवा क्लब रातोलाई २–० ले पराजित गर्दै सामना युवा क्लबले उपाधि चुमेको हो ।
दुबै गोल कप्तान सन्तबहादुर गुरुङले गरे । उनले खेलको १०औं र २७ मिनेटमा गोल गरेका थिए ।
विजयी टोलीले तीन लाख तथा उपविजेजता त्रिवेणीले १ लाख ५० हजार रुपैयाँ जितेका छन् ।
प्रतियोगितामा विभिन्न जिल्लाका १८ टिम सहभागी थिए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.