नेपाली फुटबल टोलीको बिदाइ

चैत १२  । चैत १५ गते मंगलबार फिलिपिन्सविरुद्ध फिलिपिन्समा हुने एएफसी एसिया कप फुटबलमा सहभागिता जनाउन जाने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ ।

मनिलामा हुने खेलका लागि जापानी मुख्य प्रशिक्षक ग्योतुकी कोजीको प्रशिक्षणमा खारिएको २० सदस्यीय नेपाली टोली शनिबार राति त्यसतर्फ जान लागेको हो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को कम्प्लेक्समा भएको कार्यक्रममा खेलाडीहरुलाई बिदाइ गर्दै युवा तथा खेलकुदमन्त्री दलजित बिके श्रीपालीले जितका लागि शुभकामना दिए ।
अनिल गुरुङ अन्तिम २० भित्र नपरेपछि अब नेपाली टिमको कप्तानी विराज महर्जनले सम्हाल्नेछन् ।
नेपालले पछिल्लो समय हात पारेका सफलतामा विराजले नै नेपाली टिमको नेतृत्व गर्दै आएकाछन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.